जीतपुरसिमराका सामुदायिक विद्यालयमा गणीत शिक्षकलाई क्षमता विकास तालिम

  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८१ पौष १९, शुक्रबार (१ हप्ता अघि)
  • १४४ पटक पढिएको
जीतपुरसिमराका सामुदायिक विद्यालयमा गणीत शिक्षकलाई क्षमता विकास तालिम

सिमरा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आधारभूत तहमा गणीत विषय पढाउने शिक्षकहरुका लागि क्षमता विकास तालिम शुरु गरेको छ ।

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराको सभा हलमा शूरु भएको पाँच दिने क्षमता विकास तालिममा जीतपुरसिमरा उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा गणीत विषय पढाउने शिक्षकहरुको सहभागिता रहेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन कार्यक्रममा काठमाडौं महानगरपालिकाका योजना आयोग सदस्य शैलेन्द्र झा, उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख शिवजी प्रसाद, हरिश भट्ट, नेरामावि सिमराका प्रधानाध्यापक शंकर आचार्य लगायतको सहभागिता रहेको थियो ।

तालिममा जीतपुरसिमरा उपमहानगरपालिका भित्रका ५४ वटा सामुदायिक विद्यालयका ७३ जना गणीत शिक्षकहरुको सहभागिता रहेको छ । कक्षा १ देखि ५ सम्म पढाई हुने विद्यालयका शिक्षकहरुको एउटा समूह र कक्षा ६ देखि ८ सम्म पढाई हुने विद्यालयका शिक्षकहरुको अर्को समूह बनाएर प्रशिक्षण दिने व्यवस्था मिलाईएको उपमहानगरका शिक्षा अधिकृत हरिशप्रसाद भट्टले जानकारी दिए ।

तालिममा काठमाडौं महानगरपालिका र धुलीखेल शिक्षा तालिम केन्द्रका विभिन्न गणित विज्ञहरुबाट प्रशिक्षण दिइने भट्टले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश