जीतपुरसिमरा उपमहानगरले गर्यो बाल श्रमिकको उद्दार

  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८१ पौष १९, शुक्रबार (१ हप्ता अघि)
  • ८१ पटक पढिएको
जीतपुरसिमरा उपमहानगरले गर्यो बाल श्रमिकको उद्दार

सिमरा ।

जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवाना स्थित एक गलैँचा उद्योगबाट आठ जना बालश्रमिकको उद्दार गरिएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका, श्रम तथा रोजगार कार्यालय वीरगन्ज र बाल हेल्पलाईन मकवानपुरको संयुक्त टोलिले अनुगमन गर्दै सुष्मा गलैँचा उद्योगमा काम गरिरहेका बालश्रमिकलाई उद्दार गरिएको हो ।

उद्दार गरिएका बालश्रमिक १८ वर्ष मुनिका छन्  । जीतपुरसिमरा उपमहानगरपालिकाका अधिकृत रमेश सुवेदीका अनुसार बारा निजगढ नगरपालिकाका पाँच र मकवानपुर राक्सिराङ्ग गाउँपालिकाका तीन जना बालबालिका छन् ।

उद्दार गरिएका बालबालिकालाई बाल हेल्पलाईन मकवानपुरमा बुझाइएको छ । बाल हेल्पलाईनले ती बालबालिकालाई अभिभावकको जिम्मा लगाउने अधिकृत सुवेदीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश