जीतपुरसिमराको कार्यालय सहयोगीको परीक्षामा चार सय बढी सहभागी

जीतपुरसिमराको कार्यालय सहयोगीको परीक्षामा चार सय बढी सहभागी

बारा : जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय सहयोगीको लिखित परीक्षा २ जना अपाङ्गता भएका ब्यक्ति सहित चार सय १३ जनाले दिएका छन्।

उपमहानगरपालिका वडा नं.२ सिमरा स्थित श्री ने.रा.नमुना मा.बि. सिमरामा भएको लिखित परीक्षामा यसरी उनीहरुले परीक्षा दिएका हुन्। उपमहानगरपालिकाले १५ जना करारका कार्यालय सहयोगीकोलागि आवदेन मागको थियो।

जसमा ५ सय जनाले आवेदन दिएका थिए । तर लिखित परीक्षामा ४ सय १३ जना मात्र सहभागी भएको जीतपुरसिमरा उमहानगरपालिकाले जनाएको छ ।

कार्यालय सहयोगीको आवेदन दिनेमा एस.ई.ई. देखि स्नात्तक गर्ने सम्म रहेका छन् । परीक्षा सञ्चालन हुँदा बिद्यालयको गेटमा मानिसहरुको भिड लागेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश