जीतपुरसिमरा स्थित दुधौरा खोलाको बाँध पुनर्निर्माणको काम सुरु

जीतपुरसिमरा स्थित दुधौरा खोलाको बाँध पुनर्निर्माणको काम सुरु

बारा : जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.८ मा रहेको दुधौरा खोलाको बाँध पुनर्निर्माणको काम सुरु भएको छ।

यससंगै किसानहरु खुसी भएका छन्। दुधौरा खोलामा नारायणी सिंचाई आयोजनाको बाँध विगतको बाढीले भत्किदा किसानहरू ठूलो मर्कामा परेका थिए।

यस सिंचाई प्रणालीले वडा नं. १०, ८, २४ लगायतका क्षेत्रका किसानहरूको खेतियोग्य जमिनमा सिंचाई सुविधा प्रदान गर्दै आएको हो।

बाँध भत्किएपछि खेती प्रभावित भएको र किसानहरू समस्यामा परेको जानकारी पाएपछि उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले उक्त स्थानमा स्थलगत निरीक्षण गरेका थिए ।

निरीक्षणपछि प्रमुख पौडेलले कर्मचारीहरूलाई तत्काल पुनर्निर्माणको काम सुरु गर्न निर्देशन समेत दिएका हुन्। सोही निर्देशन अनुसार बाँध पुनर्निर्माणको काम सुरु भएको हो।

किसानहरूले सिंचाई सुविधा पुनः सञ्चालन हुने भएपछि खुसी व्यक्त गर्दै प्रमुख पौडेललाई धन्यवाद दिएका छन्। यो कार्यले जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. १०, ८, २४ लगायतका क्षेत्रको कृषि क्षेत्रलाई पुनः गतिशील बनाउन सहयोग पु-याउने विश्वास यस क्षेत्रका किसानहरुको छ।

किसानहरूको समस्या समाधानका लागि स्थानीय सरकारको यस पहलले नागरिकहरूमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश