|फोटोमा : मधेश प्रदेशका भुमिब्यवस्था , कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री लगायत ।
बारा:मधेश प्रदेश सरकारका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले जिल्लाका ४ वटा कृषि क्षेत्रमा ठुलो लगानी गरी काम गरिरहेका कृषि सहकारी संस्थाहरुको निरिक्षण गर्नु भएको छ ।
सुक्रबार विहानैबाट कृषि सहकारी संस्थाहरुले कृषि ज्ञान केन्द्र बारासँगको आर्थीक साझेदारीमा निर्माण गरी संचालन गर्दै आएका कृषि परियोजना तथा कार्यक्रमहरुको मन्त्री क्षेत्रीले निरिक्षण अनुगमन गर्नुभएको हो ।
मन्त्री सिंहले अनुगमन गर्नु भएको सहकारीमा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को बडहर्वामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा बारा पहिलो थियो ।
साना किसान सहकारी संस्था मनहर्वाले ज्ञानकेन्द्र सँगको आर्थीक साझेदारीमा विउ प्रशोधन उद्योग र कृषि उपकरणहरुको सहज सहुलिय परिचालनका लागि स्थापना भएको कस्टम हायरिङ्ग सेन्टर संचालन गर्दै आएको छ ।
सहकारीले करिब डेढकरोड रकमको लगानीमा स्थापना गरेको कार्यक्रमले भविश्यमा विउमा परमुखितालाई कम गर्न सहयोग गर्ने संस्था अध्यक्ष नयनकला खड्काले बताउनु भयो । संस्थाले कृषि प्राविधिकनै नियुक्त गरि कृषि क्षेत्रमा योगदान गर्दै आएको छ । कृषि पसल, दुध संकलन र विक्री, धान तथा गहुँ खरिद विक्रीसँगै कृषि पाठशाला समेत संचालन गर्दै आएको उहाँले बताउनु भयो ।
सहकारीको निरिक्षणपछि आयोजित भेलालाई सम्बोधन गुर्नुहुँदै मन्त्री क्षेत्रीले सरकार कृषिलाई ब्यवस्थीत आधुनीक, सहज र सुलभ बनाउने कुरामा कटीबद्ध रहेको बताउनु भयो । भर्खरै मात्रै कृषि ऐन पारित भएको जनाउँदै उहाँले जनताका माग सम्बोधन गर्नेगरी कानुन बनेको दावी गर्नु भयो । कानुन त आयो । तर आर्थीक समस्याले तत्काल किसानका आकांक्षा पुरागर्न भने नसकिएपनि निरन्तरता दिने उहाँको भनाई थियो ।
मनहर्वाको कार्यक्रम सकेर मन्त्री सिंहको टोली कोल्हवी नगरपालिका ४ सपही पुगेको थियो । टोलीमा कृषि विकास निर्देशक जितेन्द्र यादव,कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनाराण साह लगायत हुनुन्थ्यो । उहाँहरुको खानाखाने कार्यक्रम भने सपहि स्थीत साना किसान कृषि सहकारीमा ब्यवस्था थियो ।
सहकारीको खानापछी मन्त्री सिंहको टोलीले उक्त सहकारीले स्थापना गरेको दुईबाली धान कार्यक्रमको गोदाम, कस्टम हायरिङ्ग सेन्टरको निरिक्षण गरेको थियो । एक करोडबढी लगानी गरेको सहकारीलाई मधेश प्रदेश सरकार अन्तर्गतको कृषि केन्द्र बाराले आर्थीक सहयोग गरेको थियो । संस्थाका आगामी कार्यक्रमलाई थप सहयोग गरे केकस्ता उपलब्धी हाँसिल हुन सक्छ भन्ने समेत मन्त्री क्षेत्रीको आसय भ्रमणका क्रममा देखिन्थ्यो ।
सपहीपछि मन्त्रीको भ्रमणटोली करैयामाई गाउँपालिका वडा नं.५ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड तेतरियाको १४ औं बार्षिक साधारणसभामा पुगेको थियो । साधारणसभाका प्रमुख अतिथी समेत रहनु भएका मधेश प्रदेश सरकारका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री क्षेत्रीले तराई मधेश कृषिको भण्डारण भएको बताउनु भयो ।
कृषि सहकारीहरुले राज्य र कृषकका विचमा पुलको काम गरिरहेको भन्दै पछिल्लो समय गाउँमा विशेष गरी कृषि क्षेत्रमा सरकार पुग्नै नसकेको अवस्थामा सहकारीहरुका काम प्रशंसनिय रहेको बताउनु भयो । आगामी दिनमा महिला कृषि सेविका मार्फत गाउँगाउँका कृषि समस्या समाधानका लागि कार्यक्रम बनिरहेको समेत उहाँले बताउनु भयो ।
१४ औं बार्षिक साधारणसभा गरेको संस्थाले समेत मधेश सरकारको सहयोगमा , विउ उत्पादन, कस्टम हायरिङ्ग सेन्टर स्थापना र दुध संकलन तथा विक्रीको काम लामो समय अघिबाट गर्दै आएको छ ।
तेतरियाको साधारणसभा सकेर मन्त्री क्षेत्रीको भ्रमण टोली पुनः जितपुर सिमरा उपमहानगरपालिका १५ स्थीत साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवाना पुगेको थियो ।
डुमरवाना सहकारीले वडा नं.१४ को मौलापुरमा एकिकृत कृषि परियोजना संचालन गर्दै आएको छ । संघ सरकार, प्रदेश सरकारको समेत आर्थीक सहयोगमा सहकारीले चामल मिल, विउ पउत्पादन, प्रशोधन , कस्टम हायरिङ्ग सेन्टर र खाने तेलको उद्योग संचालन गर्दै आएको छ ।
१० करोड रुपैंया बढीको लगानीमा संचालित कृषि परियोजनाले जिल्लाका लाखौंलाई सेवा दिँदै आएको छ । भने स्थानिय बासीले सुलभ र सहज सेवा पाउँदै आएको बताएका छन् ।
पछील्लो समय स्टीम चामलको विक्रि बढ्दा सामान्य मिलको चामलको ब्यपार जटील बनेको भन्ने सहकारीका प्रतिनीधीहरुको भनाईमा मन्त्री क्षेत्रीले आवश्यक सहकार्य गर्न सरकार तयार रहेको बताउनु भयो ।
निरिक्षणपछी केहीबेर कुराकानी औपचारीक रुपमा मन्त्री क्षेत्रीले विटमात्रै सुक्रबार एकै प्रकृतिका बारा जिल्लाका सवल र सफल कृषि सहकारीहरुको औपचाररी भ्रमणले डुमरवानाबाटै विश्राम लिनु भएको थियो ।