मधेश प्रदेशको शैक्षिक गुणस्तर निराशाजनक

मधेश प्रदेशको शैक्षिक गुणस्तर निराशाजनक

बारा :मधेश प्रदेशको शैक्षिक गुणस्तर निकै कमजोर रहेको एक तथ्याङ्कले देखाएको छ । नेपाल सरकार शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यायन अनुमती पत्रकालागि लिएको परिक्षाको अन्तिम नतिजाले मधेशलाई शैक्षिक गुणस्तरका हिसावले निराशाजनक देखाएको हो । कोशी, वाग्मती,गण्डकी र लुम्बनीको तुलनामा मधेश शैक्षिक गुणस्तरमा निकै कमजोर रहेको देखाउँछ ।

केहीबर्ष अघिसम्म विकट प्रदेश कर्णाली र सुदूरपश्चिम भन्दा कमजोर मधेशको यस पटक भने झिनो अंकका हिसावले सुधार देखिएको छ । यद्यपी सुगम भएरपनि सुदुरपश्चिम र कर्णालीकै हाराहारीको नतिजाले सन्तोष गर्ने अवस्था भने नदेखाएको तथ्याङ्कले प्रष्ट पारेको छ ।

अध्यायन अनुमती पत्रको परिक्षामा सहभागी परीक्षार्थी र उर्तिण हुनेहरुको तुलनात्मक नतिजाको अनुपात हेर्दा शैक्षिक गुरस्तरको आधार प्रष्ट देखिएको हो । शिक्षक सेवा आयोगलाई श्रोत बनाएर निकालिएको नतिजाले मधेश, कर्णाली र सुदुरपश्चिमलाई गुणस्तरमा निकै कमजोर देखएको छ ।

सबैभन्दा राम्रो मानिएको वागमति प्रदेशको नतिजालाई समेत सर्वउत्कष्ठ भन्ने आधार भने रहेको पाँईदैन । वागमतीमा १४ हजार ३ जना परीक्षार्थी अध्यायन अनुमती पत्रको परिक्षामा सहभागि हुँदा १२.०२ प्रतिशत अर्थात १ हजार ६८३ जना मात्रै उतीर्ण भएका थिए ।

यस्तै मधेश प्रदेशमा १९ हजार ३०जना सहभागि भएको परिक्षामा ७.४७ प्रतिशत अर्थात १ हजार ४२१ जना उतीर्ण भएका छन् ।

यसैगरी गण्डकीको नतिजा ८ हजार २२९ मा ९२७ जना उर्तीण भएका छन् ,जस्को प्रतिशत ११.२७ देखिन्छ । भने सुदुरपश्चिमको प्रतिशत सबैभन्दा कमजोर ६.६७ छ । जस्मा १६ हजार ४८५परीक्षार्थी सहभागि हुँदा १ हजार ९९ जना मात्रै उतिर्ण भए ।

यस्तैगरी कोशी प्रदेशमा १८ हजार ६६२ जनाले परिक्षा दिएकोमा २ हजार ८२ जना ११.१६ प्रतिशत मात्रै उतीर्ण भएका छन् । भने लुम्बिनी प्रदेशमा १०.१५ प्रतिशत उतीर्ण भए । जहाँ समग्रमा सबै प्रदेशभन्दा बढी २२ हजार ७९२ जना परीक्षार्थी परिक्षमा सहभाागि थिए । जस्मध्ये २ हजार ३१३ जना उतीर्ण भएको तथ्याङ्कमा उल्लेख छ ।

समग्रमा देशभरीबाट सहभागि भएका परीक्षार्थी १ लाख १९ हजार ६९९ जना मध्ये १० हजार ९७४ अर्थात ९.१७ प्रतिशत परीक्षार्थी मात्रै उतिर्ण भएको देखिन्छ ।

नेपाल सरकार शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यायन अनुमती पत्रकालागि गत भाद्र ३१ गते जारी गरेको थियो । सुचनापछी परेका दरखास्तवाला परीक्षार्थीहरुको मंसिर १५ गते परिक्षा लिएर छोटो समयमै सोही महिनाको २६ गते नतिजा सार्वजनिक गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश