बारा: जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको गतअसार १० मा बसेको १० औं नगरसभा सम्बन्धी आवश्यक कागजातका सक्कल अदालतमा पेश गर्न माग गरेको छ ।
नगरसभा सम्बन्धी कागजात इजलासले अवलोकनपछी फिर्ता गर्नेगरी उच्च अदालत जनकपुरको अस्थाई इजलास बिरगजंबाट माग भएको नगर प्रमुख राजन पौडेलले जानकारी दिनु भएको छ ।
उच्च अदालतका न्यायाधिश हरिप्रसाद पौडेल र हरिराज कार्कीको संयूक्त ईजलाशले २०८१ पौष १ यस्तो आदेश गरेको हो । उपमहानगर पालिकाको १० औं नगरसभाका विषयमा असन्तुष्ठ नगर उपप्रमुख भोला अधिकारी सहितका ७५ प्रतिशतबढी जनप्रतिनिधिले चित्त नबुझेको भन्दै मुद्दा दायर गरेका थिए ।
सोही असारमा वडा नं.१६ का अध्यक्ष हरिदेव खरेल समेतबाट उपमहानगरपालिका नगरप्रमुख राजन पौडेल समेतका विरुद्ध दायर भएको मुद्दामा पटक पटक सुनुवाईका क्रममा आज पौष १ गते सक्कलै कागजात झिकाउने उत्प्रेषण परमादेश भएको हो ।
आदेशमा भनिएको छ “२०८१ असार १० काृ जितपुरसिमरा उपमहानगरपालिकाको दशौं नगरसभाका लागि भएका सुचनाहरु र बैठकमा उपस्थित गणपुरक संख्या, भएका निर्णय समेतको सक्कल माईनुट र सम्बन्धित सुचना कागजातहरु अवलोकनार्थ ईजलास समक्ष देखाई फिर्ता लैजानेगरी मगाई नियमानुसार पेश गर्नु, । ”
नगरप्रमुख पौडेलले उपलब्ध गराउनु भएको परमादेश पत्रको प्रतिलिपीका अनुसार उच्चको आदेशमा कतिदिन भित्र कागजात पेश गर्नुपर्ने हो भनी म्याद भने तोकिएको छैन ।