|फोटोमा : आईतबार सिमरा कलेजमा आयोजित छलफलसँग सम्बन्धी फोटो ।
बारा :शिक्षामा पुस्तान्तरण कार्यक्रम अन्तर्गत शिक्षण सहजकर्ता परिचालनपछी शैक्षिक सुधार देखिएको सम्बन्धित विद्यालयहरुका प्रधानाध्यापकहरुले बताएका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाले सिमरा कलेजको अगुवाईमा पालिका भित्रका डुमरवाना र बकुलिया गरी ३ वटा क्याम्पसमा स्नातक अध्ययानरत छात्रछात्रालाई संलग्न गराई सुरु गरेको कार्यक्रमले सकारात्मक नतिजा दिन थालेको उनीहरुले बताए ।
आईतबार सिमरा क्याम्पसले सिमरामा शिक्षण सहजकर्ता खटिएका विद्यालयका प्रधानध्यापकहरुसँगको शैक्षिक सुधारको बारेमा आयोजित छलफल कार्यक्रममा शिक्षामा सुधार देखीएको प्रधानाध्याकहरुले बताएका हुन् ।
उपमहानगरपालिका प्रमुख राजन पौडेल, प्रदेशसभा सदस्य देवनारायण प्रसाद चौधरी सहित उपमहानगरपालिका भित्रका २१ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु र पत्रकारगरी करिब ३० जना कार्यक्रममा सहभागि थिए । पालिकाको सुगम क्षेत्रको डुमरवाना, सिमरा र जितपुरमा रहेका सामुदायिक विद्यालयका शिक्षक प्रधानाध्यापकहरु अच्युतदेव सिटौला, सोनी राई, सविन काफ्ले, माधव नेपाल, कृष्ण पौडेल लगायतको सहभागिता थियो ।
सहभागिहरुलाई काठमाण्डौ महानगरपालिकाको नविनतम शिक्षा, प्रविधि र सामाजिक नगर योजना आयोगका सदस्य शेलेन्द्र झा लगायतको टिमले सहजीकरण गरेको थियो । झाको टिमले गतबर्षबाटै जितपुरसिमरा उपमहानगरपालिकाको निकट रहेर यो कार्यक्रम संचालनमा सिमरा कलेजलाई सहजिकरण सहयोग गर्दै आएको नगर प्रमुुख राजन पौडेलले जानकारी दिनुभयो ।
छलफलका क्रममा शिक्षासँग सम्बन्धित समस्या, शिक्षामा पुस्तान्तरण कार्यक्रम अन्तर्गत शिक्षण सहजकर्ता परिचालनपछी विद्यालयमा आएका परिर्वतन र भविस्यको शिक्षामा सकारात्मक परिकल्पना भन्ने विषयमा सहभागिका ३ समुहमा छलफल गराईएको थियो ।
सहभागी समुहमा तयार भएका सामाग्रीलाई समुह संयोजकले प्रस्तुती गरेका थिए । प्रस्तुतीका क्रममा सहजकर्ता परिचालनले विद्यालयहरुमा स्थानिय शैक्षिक सामाग्रीको प्रयोगसँगै बालमैत्री शिक्षणमा जोड पुगेको, विद्यार्थीहरुमा सिर्जनसिलता बढेको, नियमित विद्यालय आउने र शैक्षिक गतीविधिमा सहभागिता बढेको समुहको भनाई थियो ।
यस्तै विद्यालयमा भौतिक संरचना, विद्यार्थी अनुपात शिक्षक नमिलेको अवस्था, अभिभावकहरुको विद्यालय प्रति कम चासो, शिक्षालाई प्रविधिमा लैजान दक्ष जनशक्तिको अभाव जस्ता समस्या सुनाएका थिए ।
यसैगरी भविस्यमा शिक्षालाई उत्पादनमुखी बनाउनु पर्ने, ब्यवहारिक ज्ञान र नैतिक शिक्षामा जोड दिनु पर्ने, शिक्षा सबैको पहुँचमा हुनु पर्नेसँगै आर्कषक र आत्मनिर्भर बनाउन जरुरी भएको सुझाव समुहले दिएको थियो ।
शिक्षामा पुस्तान्तरण कार्यक्रममा तीनवटै क्याम्पसकागरी ६६ जना छात्रछात्र सहभागि छन् । उनीहरुलाई आधुनिक र प्राविधिक शिक्षण शिकाईसँगै पालिका भित्रका विभिन्न २१ सामुदायिक विद्यालयमा शिक्षणका लागि खटाईँदै आएको छ ।
यसरी अध्यायनसँगै विध्यालयहरुमा खटिएका सहजकर्तालाई सिमरा कलेज मार्फत पालिकाले मासिक १७ हजार ५ सय सुविधा दिँदै आएको छ । यस कार्यक्रमका लागि चालुबर्षमा जितपुरसिमरा उपमहानगरपालिकाले क्याम्पसमा प्राविधिक ल्याव निर्माण र सहजकर्ता सुविधाका लागि १ करोड ९० लाख बजेट विनियोजन गरिदिएको सिमरा कलेजका प्रमुख शालिकराम अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागिले प्रदेशसभा सदस्य देवनारायण प्रसाद चौधरीले पालिकाले संचालनमा ल्याएको शिक्षामा पुस्तान्तरण कार्यक्रमले पालिका भित्रका छात्रछात्रालाई सिपयूक्त जनशक्तिका रुपमा तयार गर्न महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।
सुरुवाती चरणमा सबैलाई बुझाउन नसक्दा र बुझ्न नचाहनेहरुका कारण सामान्य समस्या देखिएपनि कालान्तरमा यो कार्यक्रमले पालिका भरीका शैक्षिक जनशक्तिलाई स्वरोजगारमुखी बनाउँने देखिन्छ । यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने उहाँको भनाई थियो ।
यस्तै जितपुरसिमरा उपमहानगरपालिकाको यस कार्यक्रमले बोलीचालीमा भन्दा ब्यवाहरिक ,जीवन उपयोगि, प्राविधिक शिक्षा सहितका दक्ष जनशक्ति निर्माणमा योगदान पुर्याउने लक्ष्य बोकेको बताउनु भयो । कतिपयले यस कार्यक्रमको मर्म नबुझेरै विरोध समेत गरेको उहाँको भनाई थियो ।