वन र वातावरण जोगाउन महिलाहरुको भुमिका अहंम् : वन राज्यमन्त्री विश्वकर्मा

  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८१ मंसिर २४, सोमबार (२ हप्ता अघि)
  • १२७ पटक पढिएको
वन र वातावरण जोगाउन महिलाहरुको भुमिका अहंम्  : वन राज्यमन्त्री विश्वकर्मा

|वन तथा वातावरण राज्यमन्त्रि रुपा बिश्वकर्मा पोखरेल

काठमाण्डौं :वन र महिलाहरुको सम्बन्ध परापूर्वकाल देखी नै गहिरो रहँदै आएको वन तथा वातावरण राज्यमन्त्रि रुपा बिश्वकर्मा पोखरेलले बताउनु भयो । सामुदायिक वन उपभोक्ता महासंध नेपालले सोमबार काठमाण्डौंमा आयोजना गरेको लौङ्गिक हिंसा विरुद्व १६ दिने अभियान अन्तर्गतको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

“वन र वातावरणलाई जोगाउन महिला दिदि बहिनिहरुको अहंम् भुमिका समेत रहँदै आएको छ । विशेष गरि घाँस दाउराका लागि वनमा जाने महिलाहरुकै सक्रियताबाट वन जोगाउने कार्यक्रममा वन मन्त्रायले काम गर्ने छ,” उहाँले भन्नुभयो । वनसंग प्रत्यक्ष जोडिएका महिलाहरुलाई वन रक्षामा लगाउने गरी कानुन बनाएर परिचालन गर्ने योजना मन्त्रालयको राज्यमन्त्री विश्वकर्माले बताउनु भयो ।

राज्यमन्त्री विश्वकर्माले कयौं कानुन समय सापेक्ष नहुँदा त्यसको असर जनतामा परिरहेको र त्यसले वन प्रति जनताको नजर फरक पर्दा शंरक्षणमा समेत कठिनाई उत्पन्न हुँदै आएको उहाँको भनाई थियो । यस्ताखाले समस्या समाधन दिनेगरी केही कानुन संशोधनका लागि मन्त्रीपरिषद लैजाने तयारीमा रहेको छन्, कुन कानुन भन्नेबारे प्रस्ट नपारेपनी उहाँले वन र निकुञ्जसँग संबन्धीत कानुन संशोधनका लागि पहल गरिने बताउनुु भयो ।

वनक्षेत्र, खोला नजिक प्राय दलित गरिब, विपन्न समुदायको बस्ति हुने र बन्यजन्तुले उहाँहरुलाईनै बढी दुःख दिँदा समस्या भएको कुरामा हामी जानकार छौं । वस्ती हटाउन या बन्यजन्तु नियन्त्रण गर्न दुबै असम्भव छ, यद्यपी क्षेतीपूर्ती ब्यवस्था हुने गरी कानुन आवश्यक देखेका छौं उहाँले भन्नुभयो ।

सरकारले नदेख्ने, बन्यजन्तुले समेत दुःख दिँदा महिला दलित गरिव विपन्न समुदाय मारमा पर्ने गरेका छन् । वन तथा खोला किनार अझ निकुञ्ज छेउछाउ बसोबास गर्ने विपन्न, दलित र पछाडी परेका समुदायलाई निकुञ्ज कानुन सहयोगी हुनेगरी संशोधन गरिने राज्यमन्त्री विश्वकर्माले बताउनु भयो ।

देशभरिबाट महिला तथा बिभेद बिरुद्व कार्यक्रम सन्चालन गर्ने बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रमको वन तथा वातावरण राज्यमन्त्रि रुपा विश्वकर्मा पोखरेलको प्रमुख अतिथी हुनुहुन्थ्यो । संघका अध्यक्ष ठाकुर भण्डारिको अध्यक्षता सम्पन्न कार्यक्रमको सहजिकरण सघका महासचिव पार्वता गौतमले गर्नु भएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश