बारा :जिल्लाको महागढीमाई नगरपालिका वडा नं.१ को वरियारपुरमा पाँचबर्षमा लाग्ने मेलामा आईतबार पञ्चबलि सहित ५ हजार ५ सयबढी राँगाको बलि दिईएको छ । भक्तजनहरुले ल्याएका भाकलका र मेला समितिले खरिद गरेका ५ वटागरी उक्त परिमाणमा राँगको वलि दिएको हो ।
राँगा वलिका लागि मेला ब्यवस्थापन समितिबाट ईजाजत लिएका दुईसय ५० जनाले तोकिएको कम्पाउण्ड भित्र करिब १ घण्टा ४५ मिनट लगाएर राँगाको वलि दिएका थिए । वलि चढाईका राँगाको टाउको संकलन गरेर नजिकै बनाईएको खाडलमा गाडिएको छ । भने ब्यवस्थापन समितिले रोक्दारोक्दै कतिपयले राँगाको शरिरको छाला निकालेर त केही सिंगै मासु स्थानिय दलित समुहले खोसेर लुटेर लगेको वलिका लागि खटिएका विनयराज शर्माले बताए । शर्माका अनुसार दिनभर राँगा आउने क्रम देखिएकाले यो संख्या बढ्न सक्ने छ ।
यस्तै करिव ८ हजारबढी बोका समेत आजै वलि चढाईको छ । आईतबार राँगा र सोमबार बोका वलिका लागि मेला ब्यवस्थापन समितिले सुचना गरेको भएपनि अधिकाँस भक्तजनले आजै बोकाको समेत वलि दिएका छन् ।
विभिन्न मनोकांक्षाका साथ भाकल गरेका, भाकल पूरा भएकोमा भक्तजनहरुले बोका समेत आजै वलि दिएका हुन् । मन्दिर परिषर सम्म पुग्न नसक्नेहरुले महागढीमाई नगरपालिका क्षेत्र प्रवेश गरी आफुले लगेका बोका कुखुरा वलि चढाएका हुन् । जब पञ्चवलि सहित पूजा सुरु भयो । तब स्वभाविक रुपमा वलि खुलेकाले आजै बोका वलि चढाईएको बारा जितपुरसिमराका भक्त बहादुर थापाले बताए ।
राँगा,बोका,कुखुरा,सुँगुर र मुसाको संयूक्त पञ्चवलि चढेपछी वलि खुल्लेहुँदै आएको परम्परालाई यसबर्ष मेला ब्यवस्थापन समितिले एकदिन अघिपछी राँगा र बोका वलि दिन सकिने सुचना गरेर राम्रो नगरेको उनको भनाई थियो ।
मन्दिर वरपर ५ किलोमिटर टाढा सम्म राँगा,बोका, कुखुराको बलि चढाएर सोको मासु प्रसादको रुपमा त्यँही खेतखेतमा पकाएर खाँदै गरेको समेत देख्थ्यिो । कतिपयले टेक्टर,मयूरी,जिव, बसहरुमा राखेर काटिएका राँगा,बोका घर लैजाँदै थिए । घर नजिकै भएकाले घरमै लगेर सरसफाईगरी प्रसादका रुपमा पकाएर खाने बारागढी गाउँपालिका वडा नं.२ का रामजिवन बैठाले बताए ।
मेलामा भक्तजनको घुँईचो भने जारी छ । नेपाल, भारतत सहित विश्वका मानिसले मेलाको अवलोकन गरिरहेका छन् । यद्यपी अघिल्ला बर्षहरुको तुलनामा मेलाको चाम घटेको कतिपयले प्रतिकृया दिएका छन् । मेला ब्यवस्थापनका नाममा आम्दानीलाई प्राथमिकता दिँदा यसबर्षको मेला आस्थाको सम्मान भन्दापनि ब्यापारलाई प्रशय दिनेकाममा समिति लागेको उनीहरुको आरोप थियो । कलैया उपमहानगरपालिका १२ का शिक्षक रामभरोषा शर्माले यसबर्ष मेलाको चाम कम देखिएको बताए । जून रुपमा मेलाको आकर्षण थियो । पछिल्लो मेलामा त्यस्तो हुन सकेको देखिएन, उनले भने ।
मंसिर १ गतेबाट सुरु भएको मेलामा चहलपहल भने २० गतेपछीबाट मात्रै बढेको स्थानिय श्याम कुर्मीले बताए । केहीदिन अघि सम्म ब्यपारि ,आयोजक र सामान्य दर्शनार्थीहरुको उपस्थीति हुने गरेको मेलामा २० गतेपछी टाढाटाढाबाट दर्शनार्थी आउन थालेपछी भिडभाड बढेको हो, उनले भने ।
यसबर्ष पशु वलिको फोटो, भिडियो खिच्न र सामाजिक संजालनमा राख्न रोक लगाईको थियो । मेला मंसिर भरि चल्लने छ ।