वन राज्यमन्त्री बिश्वकर्मा पोखरेलद्वारा पर्सा निकुञ्ज कार्यालयको निरिक्षण

  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८१ मंसिर १८, मंगलबार (२ हप्ता अघि)
  • १२६ पटक पढिएको
वन राज्यमन्त्री बिश्वकर्मा पोखरेलद्वारा पर्सा निकुञ्ज कार्यालयको निरिक्षण

बारा: वन तथा वातावरण राज्यमन्त्री रुपा बिश्वकर्मा पोखरेलले मंगलबार पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभारको निरिक्षण गर्नु भएको छ । पञ्चबर्षिय गढिमाई मेलाका अवसरमा बारा आउनु भएकी राज्यमन्त्री विश्वकर्मा पोखरेलले विशेष समय निकालेर मातहतको कार्यालयको निरिक्षण गर्नु भएको हो ।

मन्त्रीलाई कार्यालयमा स्वागत गर्दै पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख रामचन्द्र खतिवडाले निकुञ्जका समस्या र आगामी रणनितिक योजनाबारे राज्यमन्त्री पोखरेललाई जानकारी गराउनु भएको थियो ।

उहाँले वन तथा निकञ्ज कानुन समय सापेक्ष नहुँदा मानव र बन्यजन्तु विचको द्वन्द बढिरहेको बताउनु भयो । यस्ता द्वन्दको मारमा दलित, गरिब, खोला किनार, वनक्षेत्र नजिकै बस्नेहरु समस्या परिहेका छन् । यद्यपी कानुनी जटिलताका कारण हामी केही गर्न सक्दैनौ,निकुञ्ज प्रमुख खतिवडाले बताउनु भयो ।

निकुञ्ज प्रमुख खतिवडाका कुरा सुनेपछी राज्यमन्त्री बिश्वकर्मा पाखरेलले निकुञ्जका कयौं कानुन समय सापेक्ष नभएको स्विकार्दै जनता दुःखमा पर्दै आईरहेको बताउनु भयो । यस्ताखाले समस्या समाधन दिनेगरी केही कानुन संशोधनका लागि मन्त्रीपरिषद लैजाने तयारीमा रहेको बताउनु भयो ।

कुन कानुन भन्नेबारे प्रस्ट नपारेपनी उहाँले वन र निकुञ्जसँग संबन्धीत कानुन संशोधनका लागि पहल गरिने बताउनुु भयो ।

वनक्षेत्र, खोला नजिक प्राय दलित गरिब, विपन्न समुदायको बस्ति हुने र बन्यजन्तुले उहाँहरुलाईनै बढी दुःख दिँदा समस्या भएको कुरामा हामी जानकार छौं । वस्ती हटाउन या बन्यजन्तु नियन्त्रण गर्न दुबै असम्भव छ, यद्यपी क्षेतीपूर्ती ब्यवस्था हुने गरी कानुन आवश्यक देखेका छौं उहाँले भन्नुभयो ।

सरकारले नदेख्ने, बन्यजन्तुले समेत दुःख दिँदा दलित गरिव विपन्न समुदाय मारमा पर्ने गरेका छन् । वन तथा खोला किनार अझ निकुञ्ज छेउछाउ बसोबास गर्ने विपन्न, दलित र पछाडी परेका समुदायलाई निकुञ्ज कानुन सहयोगी हुनेगरी संशोधन गरिने राज्यमन्त्री विश्वकर्माले बताउनु भयो ।

अत्यावश्य कानुन संशोधन गरेर जनता र बन्यजन्तुको सँरक्षण गर्नु राज्यको दायित्व हो । हामी त्यसलाई अगाडी बढाउने छौं ,उहाँले भन्नु भयो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश