गढीमाई मेलाको शुरक्षा कसरी ? के के गर्न पाँईदैन त मेलामा

गढिमाईमेला प्रहरी शुरक्षा योजना लागु, ड्रोनको प्रयोग र बलिको फोटो खिच्न नपाईने
  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८१ मंसिर १३, बिहिबार (३ हप्ता अघि)
  • २१८ पटक पढिएको
गढीमाई मेलाको शुरक्षा कसरी ? के के गर्न पाँईदैन त मेलामा

बारा:जिल्लाको महागढिमाई नगरपालिका वडा नं.१ मा रहेको प्रशिद्ध गढिमाई पञ्चबर्षिय मेलामा ड्रोन क्यामरा प्रयोगमा प्रतिबन्ध लगाईएको छ ।

बुधबार बारा प्रहरीले गढिमाई मेलाको शुरक्षा ब्यवस्थापनका लागि योजना सार्वजनिकका क्रममा ड्रोन प्रयोगमा रोक लगाईएसँगै अन्य महत्वर्पूण विषयमा प्रहरी चनाखो हुने प्रहरी प्रमुख अपरिक्षक महेन्द्र खड्काले बताउनु भयो । खड्काको कार्यकक्षमा आयोजित पत्रकार सम्मेलन मार्फत एक महिने मेला शुरक्षा योजना सार्वजनिक गरिएको थियो ।

उपरिक्षक खड्काले सार्वजनिक गर्नुभएको शुरक्षा योजनामा दैनिक मेलाभर्न आउने लाखौं भक्तजनहरुको शुरक्षालाई पहिलो प्रामिकतामा राखिएको छ । मेलाका क्रममा हुने चोरी, लुटपाट, ठगी, अखाध्य वस्तुको प्रयोग, विक्रि वितरण, जुवातास नियन्त्रण लगायत सवारी ब्यवस्थापन र सहयायता कक्ष संचालनमा प्रहरीले भुमिका खेल्ने छ , उपरिक्षक खड्काले भन्नु भयो ।

मुख्य तथा महत्वर्पूण सन्देश दिँदै मेलामा आउनेहरुमा त्यसो नगर्न अनुरोध समेत उहाँले गर्नु भएको छ । उपरिक्षक खड्का अनुसार पन्चबर्षीय गढिमाइ मेलामा हुने पशु बलिको फोटो भिडियो खिच्न बनाउन र सामाजिक संजालमा पोष्ट गर्न नपाइने भएको छ ।

प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाको कमाण्ड रहनेगरी अस्थाई क्याम्प खडागरी सुरक्षा ब्यवस्था चस्तु दुरुस्तसँगै कडा बनाईने छ । सो क्रममा शसस्त्र र नेपाल प्रहरी गरी १ जार ६ सय बढिको मात्रामा प्रहरी परिचालन हुनेछन् । नेपाली सेनाले समेत शुरक्षा र सहयतामा सहयोग गर्ने खड्काले बताउनु भयो ।

१ हजार ६ सय प्रहरी २१ विभिन्न युनिट मार्फत परिचालन हुनेछन् । मुख्यगरी मन्दिर परिषर तथा बढिमानिसको भिडभाड हुने स्थानहरुमा हुने लुटपाट हुन नदिन १ सय ५० जना बढी सादा पोशाकका प्रहरीको निगरानी रहने छ ।

प्रहरीले महत्वपूर्ण सामान र बहुमुल्य गरगहना बोकेर लगाएर मेलामा न आउन सबैमा अनुरोध पनि गरेको छ । मेलामा जुवातास खेल्न , अबैध घरेलु मदिरा बिक्री वितरणमा पूर्णरोक प्रतिबन्ध लगाईको छ । मेला स्थल क्षेत्रमा चारसय बढी सिसिटिभि क्यामराबाट समेत निग्रानी गर्ने स्थानिय महागढिमाई नगरपालिकाले सोको ब्यस्थापन गरिरहेको उरिक्षक खड्काले बताउनु भयो ।

मन्दिर दर्शन तथा मेला अवलोक गर्न आउनेहरुले प्रयोग गर्ने सवारी साधन पश्चिम पसाह खोला वारीनै पार्किग गरि राख्ने र मेला क्षेत्रमा टाफिक ब्यवस्थापनलाई सहज बनाईने छ । यस्तै मेलामा आउने भिआईपि, भिभिआईपी पाहुनाको सहजताका लागि आकस्मीक सडकसँजालको समेत ब्यवस्था गरिएको उपरिक्षक खड्काले जानकारी दिनुभयो ।

विशेषगरी यही मंसिर २० गते देखी २५ गते भित्र मुख्य पूजा सहितको बोका, राँगा लगायतका पशुबली चढ्ने हुँदा यसअवधिमा शुरक्षा ब्यवस्थान चुस्त बनाईने छ । मंसिर १ गते देखी महिनाभर मेला लाग्ने हुँदा नेपाल, छिमेकी भारत लगायतका सार्कमुलक सँगै विश्वबाट भक्तजन आउने अनुमान गरिएको छ । ५० लाखबढी मानिसले गढिमाईमेला अवलोक तथा मन्दिर दर्शन गर्ने अनुमान मेला ब्यवस्थापन समितिले जनाएको छ ।

मेला मुख्य दिन विशेष गरी २०।२५ गते सम्म मेला क्षेत्रका विभिन्न स्थानमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले स्वास्थ सचेतना तथा परिक्षण शिविरसँगै धेरै स्थानमा नागरिक सहायता कक्ष संचालन गर्ने बाराका प्रहरी उपरिक्षक खड्काले जानकारी दिनुभयो । शुरक्षा योजना विहिबारबाटै कडाईकासाथ लागु हुने उहाँको भनाई थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश