क्याम्पस प्रमुखको हत्यागरी फरार मुख्य अभियुक्त पक्राउ

  • ई-गुनासो
  • / अपराध /
  • २०८१ मंसिर १३, बिहिबार (३ हप्ता अघि)
  • ११७ पटक पढिएको
क्याम्पस प्रमुखको हत्यागरी फरार मुख्य अभियुक्त पक्राउ

| क्याम्पस प्रमुख हत्याका मुख्य अभियुक्त ।

बारा: प्रहरीले गत जेष्ठ ३२ गते सुक्रबारका दिन अपरिचित ब्यक्तिले चलाएको गोलीलागि ज्यान गुमाएका हरिभुषण कुशवाहाको हत्या आरोपी मुख्य अभियूक्तलाई पक्राउ गरि विहिबार सार्वजनिक गरेको छ ।

सदरमुकाम कलैया स्थीत रहेको रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालिन क्याम्पस प्रमुख कुशवाहालाई गोलीहानी हत्या गरेको आरोपमा प्रहरीले आदर्शकोतवाल गाउँपालिका”२ बस्ने बिगु महतो कोईरीका छोरा ४१ बर्षका सुरेन्द्र प्रसाद कुशवाहालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेका कुशवाहा नेपाली सेनाका भगौडा हुन् । भने उनी गाँऊघरमा सबैलाई त्रसित बनाउने पृष्ठभुमिका ब्यक्ति भएको प्रहरीले जनाएको छ । क्याम्पस प्रमुख कुशवाहाको सोही पालिकाको वडा नं.२ खजुरीया स्थीत आफ्नो घरबाट मोटरसाईकलमा सदरमुकाम कलैया तर्फ आउने क्रममा साझँको १७ः१५ बजेको समयमा गोली हानी हत्या गरिएको थियो ।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले आदर्शकोतवाल गाउपालिका”२ का १७ जना विरुद्ध कानुनी कार्वाही गरिरहेको जनाएको छ । उनीहरुको सामुहिक योजनामा क्याम्पस प्रमुखको गोली हानी हत्या भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको थियो ।

घटनामा संलग्न भएका र अनुसन्धानबाट मुख्य अभियुक्त खुलेका र पक्राउ पेरका सुरेन्द्र भएको मृतक कुशवाहाले मृत्युअघि घाईते अवस्थामा बताएका थिए । घटनापछी फरार रहेको अवस्थामा मोरङ्ग जिल्लामा लुकिछिपी बसेको अवस्थामा उनलाई मंसिर १२ गते विषेश प्रहरी टोलीको सक्रियतामा पक्राउ गरि बारा ल्याएको हो ।

पक्राउ परेका मुख्य अभियुक्त कुशवाहा सहित घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ११ जना मध्य ९ जना विरुद्ध ज्यान सम्बन्धि तथा हातहतियार खरखजना कसुरमा मुद्दा दर्ता भई प्रारम्भिक सुनुवाई समेत पुरा भएको प्रहरी प्रमुख खड्काले बताउनु भयो । ६ जना अफै वेपत्ता छन् भने २ जना अदालतको आदेशमा धरौटीमा छुटेका छन् ।

क्याम्पस प्रमुख कुशवाहाको हत्या घटनाको लगतै अनुसन्धानका क्रममा सोही वडा नं.२ का चन्द्रमणी प्रसाद कुशवाहा, चाँदशी प्रसाद कुशवाहा, सुमेद कुमार कुश्वाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अबधलाल कुशवाहालाई तत्काल पक्राउ गरेको थियो ।

यस्तै आदर्शकोतवाल गाउपालिका”२, कै चुल्हाई भन्ने श्रबण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरीगरी सो क्रमा पक्राउ परेका ८ जनालाई पुर्पक्षको लागि कारागार पठाईएको बारा प्रहरी प्रमुख महेन्द्र थापाले बताउनु भयो । यस्तै अनुसन्धानकै क्रमा पक्राउ परेका मध्य राधेस कुमार पटेल र विनोद राउत कुर्मी धरौटीमा छुटेका छन् ।

घटनामा प्रयोग भएको हतियार पेस्तोल थान–२, गोली थान– ७ राउण्ड, मोटरसाईकल थान – ४, मोबाईल थान– ४ थान, ल्यापटप थान– २, सिम कार्ड थान– ७ बरामद गरी अनुसन्धान भएको हो उहाँले बताउनु भयो । घटना रिसिईवीका कारण भएको खुलेको प्रहरी प्रमुख उपरिक्षक खड्काले बताउनु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश