जितपुरसिमरा उपमहानगरलाई गिज्याई रहेको एउटा ग्रामिण सडक

  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८१ मंसिर १०, सोमबार (४ हप्ता अघि)
  • १७६ पटक पढिएको
जितपुरसिमरा उपमहानगरलाई गिज्याई रहेको एउटा ग्रामिण सडक

|डुमरवाना बडहर्वा विच सडकमा परेको ज्यानमारा खाल्डो । यस्ता खाल्डा बर्षौ दर्जनौं बढिरहेका छन् ।

बारा : जिल्लाको सिमरा देखी कोल्हबी हुँदै रौतहट सम्मको एक महत्वपूर्ण ग्रामिण सडकले स्थानिय सरकार जीतपुरसिमरा उमहानगरपालिकालाई गिज्याई रहेको छ ।
उमहानगरपालिकालाई पूर्वी ग्रामिण क्षेत्रसँग जोड्ने यो सडक जिर्ण हुँदा दैनिक दुर्घटना भैरहेका छन् । सडक लामो सयम देखी मर्मत नहुँदा ठुल्ठुला खाडल बनेका छन् ।

विशेषगरी जीतपुरसिमरा उमहानगर पालिकाको वडा नं.१५ को डुमरवाना देखि वडा नं.१८ को बडहर्वा सम्मको सडक अवस्था दैनिय छ । ३ किलो मिटरको क्षेत्रमा सयौं ठुला खाल्डाखुल्डी छन् । तर मर्मतमा उपमहानगरपालिकाले कुनै चासो नदेखाउँदा जोखिम बढेको हो ।

यस्तै वडा नं.१८ को बडहर्वा देखी उपमहानगरको पूर्वको वडा नं. १७ रामनगर सम्मको अवस्था उस्तै छ । ठाउँटाउँमा धेरैबर्ष अगाडी गरिएको पिच उप्कीएर खाल्डा बनेका छन् । सडकको हालत कमजोर हुँदा यस खण्डका गाउँवस्तीका मानिसहरुले धुलोको सामना गरिरहेका छन् । सडकमा गुड्ने सवारीले उडाउने धुलोका कारण मानिसहरु आँखा, फोक्सो लगायत अंगमा समस्या हुने गरेको स्थानिय बताउँछन् । यसैका कारण पालिएका पशु चौपायाहरु समेत विरामी पर्ने गरेको रामनगरका स्थानिय का आत्मादेव भट्टराईले बताउनु भयो ।

सिमरा स्थीत ठुला कम्पनी हुलास, जगदम्बा स्टीलका मजदुर , जिल्लाको सिमरा विमान स्थल, जिल्ला वन कार्यालय, बैंकहरु, नगर अस्पताल पुग्ने विरामी, विद्यालय कलेज पढ्न जाने मानिस ,पालिका कार्यालयका सेवाग्राही र बजार गर्नभर्न जाने हजारौं सर्वसाधारणका लागि यो सडक महत्वपूर्ण मानिन्छ, भट्टराईले भन्नुभयो ।

यसै सडकलाई जिल्लाकै कोल्हवी नगरपालिकाले आफ्नो क्षेत्रको अधिकाँस भागमा कालो पत्र गरिसकेको छ । यस्तै कोल्हबी, रौतहट जिल्लाको पूर्वपश्चिम लोकमार्गको चन्द्रनिगाहपुरबाट दक्षिण सदरमुकाम गौर सडकको बाल्चनपुर सम्मको क्षेत्र स्थानिय गुजरा नगरपालिकाको अगुवाई तथा खर्चमा धेरैअघि पिच भैसकेको छ ।

यद्यपी जितपुरसिमरा उमहानगरपालिकाले ले वडा नं.१४ का दुधौरापुल देखी वडा नं. १७ को रामनगर स्थीत काँटखोला सम्मको करिब ८ किलोमिटर सडक लामो समय देखी जिर्ण छ । तर स्थानिय सरकारले अनदेखा गर्दा सडक प्रयोग लाखौं मानिस समस्यामा परिरहेका छन् । पालिका र जनप्रनिधिहरुको भुमिकालाई यो सडकले लामो समयबाट गिज्याई रहेको छ ।

बजेट बाँडफाडमा मेयर राजन पौडेलले आफुअनुकुल बजेट विनियोग गर्दा समेत यो सडकको स्तरसुधार प्राथमिकतामा परेको पाँईएन । पौडेलले नदेखेको जीर्ण सडक उपमेयर भोला अधिकारी,वडाअध्यक्ष रामप्रसाद लामिछाने, चतुबाबु वाग्ले लगायत जनप्रतिनीधिको समेत नजरमा नपर्नु दुःखद भएको वडा नं.१८ की स्थानिय नयनकला खड्काले बताउनु भयो । यो सडक समान्य मर्मतका लागि समेत प्राथमिकतामा किन पर्न सकिरहेको छैन ,यो गम्भिर विषय हो । दैनिक हजारौं सर्वसारण, विरामी मजदुर , विद्यार्थीले , सेवाग्राहीले प्रयोग गर्ने यो सडकको दुराअवस्था पालिकाले नदेख्दा समस्या भैरहेको हो ,उहाँले भन्नु भयो ।

यता जितपुरसिमरा उपमहानगपालिका नगर प्रमुख मेयर राजन पौडेलले सडक नियमित मर्मत भैरहेको बताउनु भयो । अबका दिनमा यसलाई प्राथमितामा राखेर काम गर्नेछौं । यो सडक पालिकामा भएपनी सडक विभागको अधिकार क्षेत्रमा पर्ने भन्दै विभागलाई दवाव दिईने उहाँले बताउनु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश