बारा: सहकारीका अध्यक्ष र ब्यवस्थापन प्रमुखकोे क्षमता अभिवृद्धि तालिम सुक्रबार सिमरामा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेड सिमरा शाखाको आयोजनाका विहिबार र सुक्रबार गरी लागि दुई दिनका लागि आयोजना गरेको तालिम सिमरा स्थीत होटल श्रेष्ठमा भएको हो ।
सहारी संस्था संचालनमा ध्यान दिनु पर्ने कानुनी र ब्यवहारिक ज्ञा प्रदान गर्ने उदेश्यले पहिलो चरणमा २० वटा सहकारीलाई समेटेर तालिम संचालन गरिएको बैंकको सिमरा शाखा प्रमुख चन्द्रमणी भट्टराईले जानकारी दिनु भयो
दुईदिने तालिममा सहकारी बैंकका प्रशिक्षक अधिकृत राजकुमार बरालले सहजीकरण गर्नु भएको थियो । बैंकको सिमरा शाखामा अन्तगत जीतपुरसिमरा उपमहानगरालिका र निजगढ नगरपालिका भित्र संचालनमा रहेका कृषि एवं बचत तथा ऋणको काम गर्दै आएका विभिन्न २० वटा सहकारी संस्थाका अध्यक्ष र ब्यवस्थापकहरुको सहभागीता रहेको थियो ।
सहकारी संस्था संचालामा अध्यक्ष र ब्यवस्थापन प्रमुाको भुमिका, संस्थाको आर्थीक सुधारका लागि आवश्यक रणनीति, कर्जा लगानीका आधार र असुलीका उपाय, सहकारी ऐन २०७४ मा भएका ब्यवस्था एवं कार्यान्यनमा गर्नुपर्ने कामका विषयमा तालिम थियो ।
यस्तै वित्तिय एनलाईसिस गर्ने तरिका र आवश्यकता, सदस्य हितमा गर्न सकिने उपाय लगायतका विषयमा सहजिकरण गरिएको तालिममा सहभागी जितपुरसिमरा उपमहागरपालिका वडा नं.१८ मा रहेको साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष नयनला खड्काले बताउनु भयो ।
तालिममा सहभागीहरुलाई राष्टिय सहकारी बैंकका संचालक एवं मधेश प्रदेश संयोजक विश्वनाथ मण्डलले प्रमाण पत्र वितरण गर्नु भएको थियो । समापन सत्रलाई सम्बोध गर्दै प्रमुख अतिथी मण्डलले सहकारी बैंकले ऋण र बचतको मात्रै कारोबार नभएर सदस्य संस्थाहरुको विकासमा समेत प्राथमिकताकासाथ काम गर्दै आएको बताउनु भयो ।