कृषि सहकारी संघ बाराको १७ औं बार्षिक साधारणसभा सम्पन्न

  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८१ कार्तिक २९, बिहिबार (१ महिना अघि)
  • १०८ पटक पढिएको
कृषि सहकारी संघ बाराको १७ औं बार्षिक साधारणसभा सम्पन्न

मनहर्वा,बारा । साना किसान कृषि सहकारी संघ लिमिटेड बाराको विहिबार कलैया स्थीत कृषि ज्ञान केन्द्रको सभाहलमा १७ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सभाको जिल्ला सहकारी संघ लिमिटेड बाराका अध्यक्ष उपेन्द्र जैसवालले उद्घाटन गरेका थियो । प्रमुख अतिथी जैसवाले आयोजित सभालाई सम्बोधन गर्दै समाज रुपान्तरमा सहकारी भुमिका अहम् रहेको भन्दै समुदायलाई सवल बनाउन उत्पादनमा जोड दिए ।

यस्तै बारा बचत तथा ऋण सहकारी संघ बाराका अध्यक्ष सत्यन्द्र ठाकुरले संघहरुले प्रारम्भीक संस्थाहरुको प्राविधिक सहयोगमा काम गर्नु पर्ने भएपनि आर्थिक अभावका कारण समस्या हुने गरेको बताए । सरकारको समेत वेवास्थाका कारणले अभियान कमजजोर हुँदा समेत संघहरु चलायामान हुन नसकेको स्विकार गरे ।

यसैगरी कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनाराण साहले सहकारीहरुले उत्पादन र बजारिकरणलाई महत्व दिनुपर्ने बताउनु भयो । जिल्लाका मनहर्वा, सपहि तेतरिया,डुमरवाना सहित केही संस्थाले सोको सुरुवात गरेकोमा खुशी ब्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कलैयाका गुड्डु चौरसिया,नेपाल सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा, साना किसान कृषि सहकारी संस्था डुमरवानका संचालक रुद्र न्यौपानै, उद्योग वाणिज्य संघ बाराका प्रतिनीधि लगायतले बोलेका थिए ।

बार्षिक साधारणसभाको अवसरमा सहकारी संचालन र ब्यवस्थापनका उत्कृष्ठ भुमिका खेलेको भन्दै दुईजनालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१९ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड ईनर्वासिराकी अध्यक्ष संजिला खातुन र कोल्हवी नगरपालिका वडा नं.४ स्थीत साना किसान कृषि सहकारी संस्था लिमिटेड सपहिका प्रबन्धक अरुण चौधरी हुन् ।

कार्यक्रमा प्रस्तुत संस्थागत एवं आर्थिक प्रतिवेदन सुझाव सहित पारित भएको छ । १३१ वटा प्रारम्भिक सहकारी संस्थाहरु सदस्य रहेको जिल्ला कृषि संघको बार्षिक साधारणसभामा ८० वटा सहकारी संस्थाका प्रतिनीधिहरुको सहभागिता रहेको संघका प्रबन्धक नविन चौधरीले जानकारी दिए ।

जिल्ला संघ अध्यक्ष मिश्रीलाल सहनीको अध्यक्षता,सचिव रामएकवाल चौधरीको स्वागत र उपाध्यक्ष नयनकला खड्काको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

सम्मानित भएकाहरु :
अरुण चौधरी 

 

 

संजिला खातुन

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश