निःशुल्क शिविरमा १०५ जनाको आँखा परिक्षण

  • ई-गुनासो
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ११, आईतबार (१ महिना अघि)
  • १९३ पटक पढिएको
निःशुल्क शिविरमा १०५ जनाको आँखा परिक्षण

पुष्पराज खतिवडा

मनहर्वा,बारा: जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को बडहर्वामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा बाराले आयोजना गरेको निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ ।

सुक्रबार बडहर्वा स्थीत विद्यालय परिषरमा आयोजित शिविरमा १०५ जनाले आँखा परिक्षण गराएका थिए । तिलगंगा आँखा अस्पताल निजगढ सेवाकेन्द्रको सहयोगमा आयोजित शिविरमा विरामीले आफ्नो आँखा परिक्षण गराएका हुन् ।

परिक्षण गरिएका मध्य ६ जनाको आँखामा मोतियाबिन्दु रोग फेला परेको नेत्र सहायक धर्मराज यादवले जनाकारी दिनुभयो । उहाँहरुको केही दिनभित्र निजगढमा निःशुल्क सल्यक्रृया गरिने उहाँले बताउनु भयो ।

शिविरमा सहकारीका तर्फबाट संस्था सहायक जगदिप कोइराला र चमेली लोप्चनले सहजीकरण गर्नु भएको थियो ।
तिलगंगा आँखा अस्पताल निजगढ सेवाकेन्द्रका नेत्रसहायका धर्मराज यादव , अर्का नेत्रसहायक एनिस कालाखेती र आँखा स्वास्थ्य कार्यकर्ता जनक अवस्थी लगायतले विरामीको आँखा परिक्षण गर्नुुभएको थियो ।

संस्थाले यसअघि पनि दर्जनौंपटक शिविरको आयोजनागरी आफ्नो कार्यक्षेत्रमा रहेका आँखाका विरामीको हितमा काम गरिसकेको संस्थाले जनाएकोको छ ।

संस्था अध्यक्ष नयनकला खड्का अनुसार हेटौंडा सामुदायिक आँखा अस्पताल हेटौंडा र निजगढ सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा २ हजार बढी मोतियाबिन्दूका विरामीको निःशुल्क उपचारमा संस्थाले भुमिका खेलेको उहाँले बताउनु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश