१४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

  • ई-गुनासो
  • / समाचार /
  • २०८१ कार्तिक ११, आईतबार (१ महिना अघि)
  • १७८ पटक पढिएको
१४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

काठमाडौ ।

सरकारले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने भएको छ । आइतबार मन्त्रीस्तरीय निर्णयमार्फत सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौँ, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गरिने भएको हो ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलको सचिवालयका अनुसार मंसिर १ गतेबाट उपचार निःशुल्क हुने गरी व्यवस्था मिलाइएको छ । राज्यको सामथ्र्यका आधारमा धेरै धनराशी खर्च हुने क्यान्सर उपचार निःशुल्क गर्ने मन्त्रालयको नीति छ । यसै अन्तर्गत मन्त्री पौडेलले आफू मन्त्रालयमा पदबहाल गरेलगत्तै बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क बनाउन पहल थालेका थिए । हाल यो व्यवस्था बालबालिकाबाट शुरु गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश