सिमरा ।
बारामा नेपाल लोकतान्त्रिक खेलकुद संघ गठन गरिएको छ । नेपाली काँग्रेसका बारा जिल्ला उपसभापती मनोज भट्टको प्रमुख आतिथ्यतामा बसेको वैठकले ११ सदस्यीय तदर्थ समिती चयन गरेको छ ।
नेपाली काँगे्रसका युवा नेता तथा जीतपुरसिमरा १५ का वडा सभापती ओमराज पाण्डेको नेतृत्वमा ११ जनाको कार्यसमिती चयन गरिएको छ । कमिटीमा चार वटा निर्वाचन क्षेत्रबाटै प्रतिनिधित्व हुनेगरी सदस्य छनौट गरिएको हो ।
उपाध्यक्ष्यमा जटाशंकर सहनी, दिपेन्द्र सहनी, सचिवमा बविन सुव्वा, सहसचिवमा सुकमान लामा, कोषाध्यक्षमा रिता कंडेल, सदस्यहरुमा गोविन्द प्रसाद ओझा, रमेशचन्द्र घिमिरे, कर्ण थापामगर र योगेन्द्र कुशुवाहा चयन भएका छन् ।
सर्वसम्मत चयन गरिएको कार्यसमितीलाई उपसभापती भट्टले खादा, माला र टिका लगाएर सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।
जीतपुरसिमरा १६ स्थित ओम शान्ती बाटिकामा सम्पन्न भएको कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य प्रेमा सिद्दी लामा, खेलकुद अभियन्ता राजकुमार लामा लगाएतको उपस्थिती रहेको थियो ।