साना किसान कृषि सहकारी संस्थाको पाँचौ वार्षिक साधारणसभा सम्पन्न

  • ई-गुनासो
  • / कभर स्टोरी /
  • २०८१ कार्तिक ३, शनिबार (२ महिना अघि)
  • २०५ पटक पढिएको
साना किसान कृषि सहकारी संस्थाको पाँचौ वार्षिक साधारणसभा सम्पन्न

मनहर्वा ।

सहकारीमा सुशासन प्रविधि र एकीकरण भन्ने मुल नाराका साथ मधेस प्रदेशको बारा जिल्ला प्रसौनी गाउँपालिका २ स्थितमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारणसभाको उदघाटन प्रसौनी गाउँपालिका प्रमुख विनोद प्रसाद जैसवालले गर्नुभएको थियो । वार्षिक साधारणसभामा गाउँपालिका  प्रमुख जैसवालले महिलाहरुको सक्रिय सहभागीताले यो सहकारी आज धेरै उपलब्धि गरेको बताए

।उनले भने समाजमा महिलाहरुको समूह सक्रियता भएको खण्डमा आर्थिक उन्नति प्रगति अगाडि बढाउन ठूलो मद्दत पुग्ने जसले घर खर्च देखि बचत गर्ने परिपाटीको विकास हुने र अनावश्यक खर्च कतौती गरेर कृषि क्षेत्रमा लगानी गर्न गापालिका प्रमुख जैसवालले आग्रह गर्नुभएको छ। मधेस प्रदेश कृषिमा  आधारित भएकोले यसको उन्नति र विकास कसरी गर्ने र गरिबी अन्त गर्ने भन्ने बारेमा यो साना किसान सहकारी संस्थाले काम गरुन् भनेर बताएका छन् ।

उहाँले भने कुनै पनि संस्थामा राजनीतिकरण गर्न नहुने यद्यपि राजनीतिक भएको खण्डमा संस्था उकालो होइन ओरालो तिर जाने भएकोले संस्थागत विकासको लागि ध्यान दिन संचालक समितिका पदाधिकारी तथा शेयर सदस्यहरुलाई आग्रह गर्नुभएको छ। २०७५ साल बाट ३५ जनाको समूह रु ५ लाख लगानी गरेर स्थापना गरेको संस्था अहिले ६१८ शेयर सदस्य रहेको र खुद मुनाफा रु १२ लाख ८३ हजार र १०५ शेयर बोनस दिने काम गरेको संस्थाका प्रबन्धक निर्देशक विकास यादवले बताएका छन् ।

संस्थाले उत्कृष्ट बचतकर्ता  उत्कृष्ट ऋणी जना महिलाहरुलाई समेत सम्मानित गरिएको हो भने अन्तर समूह ९ र अन्तर समूह १ लाई स्पेय मेसिन उपलब्ध गराइएको छ।संस्थाले अहिले आफ्नो सदस्यहरुमा रु ५ करोड ५४ लाख लगानी गरेको छ भने बाहिरी ऋण २ करोड २७ लाख लिएको प्रबन्धक यादवले बताए । वार्षिक साधारणसभामा प्रहरी निरिक्षक सुरेशराज भट्ट ,संस्थाका उपाध्यक्ष किरण साह,वडा नम्बर १ का वडा अध्यक्ष लालबाबु मुखिया ,पुष्प खतिवडा ,कबिता कुमारी ,शम्भु राज सहनी ,कार्यालय सहयोगी प्रमोद राम लगायतले आ,आफ्नो धारणा राख्नु भएको थियो ।

संस्थाका अध्यक्ष रुना देवी कलवारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । संस्थाको वार्षिक आय ब्याय कोषाध्यक्ष आशा देवी कलवारले गरेकी थिइन् भने कार्यक्रमको स्वागत मनतब्य देवी न्यौपानेले गरेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश