सिमरामा विश्व पर्यटन दिवसको तयारी

सिमरा बिमानस्थलमा पहिलो प्लाईटका यात्रुुलाई फुलमाला र मिठाई

  • ई-गुनासो
  • / अन्य /
  • २०८१ आश्विन ५, शनिबार (३ महिना अघि)
  • ४९४ पटक पढिएको
सिमरा बिमानस्थलमा पहिलो प्लाईटका यात्रुुलाई फुलमाला र मिठाई

सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालीका स्थित सिमरा बिमानस्थलका यात्रुलाई सम्मान गरिने भएको छ । आउँदो असोज ११ गते शुक्रबार विश्व पर्यटन दिवसका अवसरमा सिमरा बिमानस्थल ओर्लने पहिलो प्लाईटका यात्रुहरुलाई बिमानस्थलमा स्थागत र सम्मान गरिने भएको छ ।

शनिवार बिमानस्थल प्रमुख सूर्य बहादुर खत्रीको अध्यक्षतामा बसेको बिभिन्न पर्यटन अभियन्ताहरुको बैठकले यात्रु सम्मान सहित बिभिन्न निर्णयहरु गरेको छ ।

दिवसका दिन बुद्ध र यति एयरलाईन्सका टिकटमा बिशेष छुट्, सिमराका होटलमा बसोबास गर्ने यात्रुहरुलाई निशुल्क हवाई टिकट उपहार, पर्सा निकुञ्जमा जंगल सफारी गर्ने यात्रुहरुलाई निशुल्क व्यवस्था, लक्की ड्र उपहारमा हवाई टिकट, मायाको चिनो लगाएतका व्यवस्था गरिएको छ ।

दिवसलाई विमानस्थल सहित जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ, नाट्टा मधेश प्रदेश, ईच्छा होटल, क्लासिक होटल, पर्सा राष्ट्रिय निकुञ्ज लगाएतको संयुक्त समन्वय र सहकार्यमा हुने नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले जानकारी दिए ।

उनका अनुसार जीतपुरसिमराको आन्तरिक पर्यटन प्रवर्धनमा सवैले हातोमालो गर्नुपर्ने भन्दै दिवसका दिन होटल तथा पर्यटन व्यवसायीहरुले सम्मानपुर्वक र सर्वसुलभ सेवामा लाग्न र पर्यटन बिकासमा सहयोग पुर्याउन आवश्यक रहेको जिकिर गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश