जीतपुरसिमरा : संविधान दिवसको उपलक्ष्यमा झण्डोत्तोलन

  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८१ आश्विन ४, शुक्रबार (३ महिना अघि)
  • १२८ पटक पढिएको
जीतपुरसिमरा : संविधान दिवसको उपलक्ष्यमा झण्डोत्तोलन

पुष्पराज खतिवडा ।
जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ पिलुवा स्थित शान्ति पार्कमा विहिबार विहान संविधान दिवसको उपलक्ष्यमा झण्डोत्तोलन गरिएको छ । ब्रह्माकुमारी प्रतिष्ठान पिलुवाको आयोजनामा नेपाली राष्ट्रिय झण्डा फहराईएको हो ।

शान्ति प्रतिष्ठानले संविधान दिवसका दिन आयोजना गर्दै आएको कार्यक्रमको यस बर्ष सोही वडाका अध्यक्ष हरिदेव खरेलले उद्घाटनसँगै झण्डोत्तोलन गर्नु भएको थियो । उक्त अवसरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथी समेत रहनु भएका वडा अध्यक्ष खरेलले पिलुवामा निर्मित शान्ति पार्क यसक्षेत्रकै गौरव रहेको बताउनु भयो । यो यस क्षेत्रकै गौरव रहेको भन्दै उनले यसको संरक्षण गर्नुपर्ने दायित्व सबैको भएको र यहाँ कुनैपनि किसिमका असामाजिक गतीविधि हुन नदिन आवश्यक सहयोग सहकार्य गर्न आफु तयार रहेको बताउनु भयो ।

सबैका लागि खुल्ला रहेको शान्ति पार्कमा कही बाहिरी यूवायूवतीले असमाजिक गतिविधी गर्न थालेपछी हाललाई सबैको लागि पार्कमा प्रबेशमा रोक लगाईको प्रतिष्ठाका संयोजक पार्वती वहनजीले बताउनु भयो ।

यस्तै डुमरवाना क्याम्पस संचालक समितिका अध्यक्ष अनिल मैनालीले वर्तमान नेपालको संविधानले ब्यवस्था परिवर्तन गरेपनी अवस्था परिवर्तनमा नेताहरुले कम्जोरी गरिरहेको बताउनु भयो । जतीसुकै राम्रो लेखिए वा भनियपनि यसको कार्यान्वयन हेर्दाले हिजोका शासकहरुको भन्दा फरक नभएको भन्दै आक्रोश ब्यक्त गर्नुभयो ।

यसैगरी डुमरवाना क्याम्पसका प्रमुख राधेश्याम शिवाकोटीले पिलुवामा ब्रह्माकमारीज शान्ति प्रतिष्ठान स्थापना र ब्यवस्थापनका कठिनाई सम्झँदै आजपनि यसको शंरक्षणमा सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रमा स्थानिय सामाजिक अगुवा केदार भारती, माधव प्रसाद मैनाली, सुरेन्द्र कर्ण, विष्णु ढकाल,कुमार प्रसाद तिमल्सीना, शसस्त्र प्रहरी निरिक्षक कृष्ण पौडेल लगायत धेरै स्थानियको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश