अनुभुती हुनेगरी सरकारी सेवालाई भोलीबाटै जनमैत्री बनाउनुस् : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखक बारामा
अनुभुती हुनेगरी सरकारी सेवालाई भोलीबाटै जनमैत्री बनाउनुस् : गृहमन्त्री लेखक

| शनिबार बाराको सिमरामा बोल्नुहुँदै गृहमन्त्री रमेश लेखक ।

सिमरा ,बारा । जनताले सरकारी कार्यालयबाट पाउने सेवालाई प्रभावकारी र जनमैत्री बनाउन नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले प्रमुख जिल्ला अधिकारी सहितका कार्यालय प्रमुखहरुलाई निर्देशन गरेका छन् ।

शनिबार तराई यातायात ब्यवसायी संघ सिमरा, बाराको १८ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री लेखकले सरकारी कार्यालयहरुका सेवाको अबका दिनमा आलोचना नहुँने गरी भोलीबाटै सेवाग्राहीलाई अनुभुति हुनेगरी सेवा सुधार गर्न निर्देशन गरे ।

“चारदिन दौडिएपछी कागज नपुगेको भनेर जनताले दुःख पाउनु भएन । प्रत्येक सरकारी कार्यालयमा निःशुल्क फोटोकपि सहितका कागजी सेवा दिनेगरी सेवाग्राही पस्ने ढोकाको छेउमा सहजकर्ताको ब्यवस्था गर्नुस् । चिया पसल धाउन नपरोस्,” उनले निर्देशन दिए ।

उनले यातायात ब्यवसायीका समस्याका बारेमा जानकार रहेको भन्दै समस्या समाधानमा सहकार्य गर्ने बताए ।

“चेकजाँचका नाममा दुःख पाएको तपाईहरुको गुनासो जायज छ । म आजैबाट कम गर्न भनौंला । तर तपाईहरुले अबैध तस्करी र ओसार पसार गर्नुपनी भएन । हामी त्यसो हुन दिँदैनौ भन्ने ग्यारेन्टि गर्नुस् । म वातावरण सुधारका लागि आवस्यक सहजीकरण गरौंला”, गृहमन्त्री लेखकले भने ।

समृद्धि र सुशासन सरकारको पहिलो प्राथमिता रहेको बताएका मन्त्री लेखकले दुब्र्यवसनी, दुर्घटना र आत्महत्या जस्ता विषय जटिल समस्याका रुपमा बनेको बताए ।

उनले यी सबै कुरा नियन्त्रण गर्न राज्य, राज्यका शक्ति र ब्यवसायीहरुको उत्तीकै दायित्व छ भन्दै जिम्मेवार बनिदिन यातायात ब्यसायीहरुसँग आग्रह गरे । माथी उल्लेखित समस्या यातायातसँग नजिकका विषय हुन् । यसको रोकथाम मिलेर गरौं, मन्त्री लेखकले भने ।

राप्रपा,दुर्गा प्रसाई र रवी लामिछानेहरु प्रति ईन्गीत गर्दै गृहमन्त्री लेखकले राज्य नियम कानुनने चल्ने बताए । “ कानुन भन्दा माथी ब्यक्ति बस्ने । उसले गल्ती गर्दा समेत बोल्न नपाउने । अव कहिल्यै त्यस्तो हुँने छैन । कानुन भन्दा कोही माथी छैन र हुँदैन । गल्ती गर्ने जोकोही किन नहोस् कार्वाही हुन्छ ,” उनले भने ।
उनले त्यसकालागि लोकतान्त्रमा कसैले आवाज उठाउँदैमा ब्यवस्था परिवर्तन हुने कुरा संभव नरहेको बताए ।

कार्याक्रममा मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादव, पूर्वमन्त्री फरमुल्लाह मंसुर, संघिय सांसद कृष्णकुमार श्रेष्ठ, अच्युत मैनाली, प्रदेश सभा सदस्य देवनारायण चौधरी , यातायात ब्यवसायी महासंघका महासचिव राजजेन्द्र बानियाँ लगायतको कार्यक्रममा सहभाागिता थियो ।

संघको बार्षिक साधारणसभाका अवसरमा दोस्रो तराई यातायात सक्रिय पत्रकारीता पुरस्कार कान्तिपुर टेलिभिजनका पर्सा सम्वाददाता उपेन्द्र ठाकुरलाई प्रदान गरिएको छ । यस अघि उक्त पुरस्कार कारोबारकर्मी प्रकाश लम्सालले पाएका थिए ।

तराई यातायात ब्यवसायी संघ सिमरामा हाल एकहजार ५ सय जना आवद्ध सदस्यका २ हजार पाँचसय यात्रु वाहक बस बाहेकका ठुला साना सवारी आवद्ध छन् । संघले ब्यवसायी साझेदार मार्फत देशभरी सेवा दिँदै आएको संघका महासचिव अर्जुन अधिकारीले बताए ।

कार्यक्रम संघका अध्यक्ष ओमकृष्ण कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो ।

थप फोटोहरु:

 

 

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश