बारा । ओम बिनायक ट्राभल्सले शुक्रबार ५० औं बार्षिक उत्सव मनाएको छ । यस अवसरमा ओम बिनायक ट्राभल्सले आधुनिक सुविधा सम्पन्न थप दुई वटा बस समेत संचालनमा ल्याएको छ ।
बिरगजं महानगरपालिका बहुअरी स्थीत टाटा मार्टसको आधिकारीक विक्रेता सिप्रदी परिषरमा आयोजित विशेष कार्यक्रमको बारा क्षेत्र नम्बर १ का सांसद एवं एमालेका पोलिटव्युरो सदस्य अच्युत मैनालीले उद्घाटन गरेका थिए ।
कार्यक्रमका प्रमुख अथिती मैनाली पौडेल परिवारको मेहनत, ईमान्दारीता र अनुभवले बारा पर्सामा ओम विनायको बलियो उपस्थीति रहेको बताए ।
उनले यातायात ब्यवसायीका समस्या कम्ती नभएको भन्दै समस्यालाई सुल्झाउँदै अघि बढ्दा मात्रै सफलता प्राप्त हुने भन्दै चेकजाँचका नाममा दुःखदिने काम प्रहरी प्रशासनलाई परिवर्तन गर्नु पर्ने बताए ।
उनले विरगजंबाट छुटेको एउटा सवारी गण्डक, परवानीपुर, जीतपुर, सिमरा, पथलैया र अमलेखगंजमै पटकपटक चेकजाँच गरिनुले सवारी संचालक र यात्रुले दुःख पाउने बताए ।
“तपाईहरु यहाँ सवारी ७ ठाउँ रोकेर चेकजाँचका नाममा दुःख दिनु हुन्छ । गाली प्रधानमन्त्री ओलीले खानु पर्छ । समय सापेक्ष यो प्रकृयालाई सुधारौं । हामीले गर्नुपर्ने सहयोग गर्न हामी तयार छौं,”सांसद मैनालीले भने ।
कलैया बिरगजं हुदै काठमाडौं र बिरगजं नारायणघाट रुटमा बससेवा संचालन गर्दै आएको ओम बिनायकले टाटा मोटर्सका एलपिओ १५१५÷५५ बिएस ४ ब्राण्डको आधुनिक सुबिधा सम्पन्न बस संचालनमा ल्याएको ओम बिनायक ट्राभल्सका संचालक अच्युत पौडेलले जानकारी दिए । थप भएका बसको बिरगजं बहुअरी स्थित सिप्रदी प्रा.लि. परिषरमा ५० वटा बैलुन उडाएर शुभारम्भ गरियो ।
यात्रा आरामदायी र सुःखद् बनाउने उद्देश्यले बस संचालनमा ल्याइएको पौडेलले जानकारी दिए । प्रेस चौतारी नेपाल मधेश प्रदेशका ईन्चार्ज समेत रहेका पौडेलले वातावरणमैत्री र आरामदायी बस संचालनमा ल्याएको दाबी गरे ।
३५ सिट क्षमता भएको सो बसमा २ बाई २ मोटराईज सिट, युएसवी चार्जर, सिट बेल्ट, रिडिगं लाईट, कप होल्डर, आमरेष्ट, प्लेन जस्तै समान राख्ने डिकि, सेन्ट्रलाईज एसी, एलईडी लगायतको सुबिधा बसमा जडान गरिएको छ ।
बारा कलैयाका पौडेल परिवारले ट्राभल्स (बस व्यवसाय) बिगत ५० बर्षदेखि संचालन गर्दै हुन् । आज थप भएका दुईवटा नयाँ सहित यो कम्पनीमा बस संख्या १६ पुगेको पौडेलले जानकारी दिए ।
उनले बस ब्यवसायलाई ब्यवसाय मात्रै नमानिदिन आग्रह समेत गरे । हामीले ठुलो लगानी गरे ब्यवसाय मात्रै गरेका छैनौं । यो सेवा पनि हो । यातायात सेवाका अलावा गरिब, मजदुर, विपन्न र विरामीका हकमा थुप्रै काम गरिरहेको सुनाए ।
पौडेलले गरिब यातायात मजदुरका छोराछोरीलाई आफ्ना बच्चा पढ्ने विद्यालयमा आफुले खर्च गरेर पढाईदिने गरेको । डाईभरको छोरा डाईभर हुनु पर्छ भन्ने छैन, भन्ने मान्यताले आफुले सहयोग गर्ने गरेको बताए । उनले बाराका क्यासर रोगीका लागि चितवन सम्म निःशुल्क सेवा दिँदै आएको समेत जानकारी दिए ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, बाराका सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराई, ट्राफिक कार्यालय मधेश प्रदेश पथलैयाका ट्राफिक प्रहरी उपरिक्षक भिमकिरण बोगटी, पर्साका एसपी गौतम मिश्र, नायारायण्ी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ लगायत उपस्थित अतिथीले बैलुन उडाएर बसको शुभारम्भ गरेका थिए ।