बारा । जिल्लाको सदरमुकाम कलैयाको मुख्य स्थान भरत चोकमा नेपाली सेनाले युद्धप्रतिक सहित पार्क निर्माण गरी बुधबार एक कार्यक्रमका विच कलैया उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
सेनाको कलैया उपमहानगरपालिका वडा नं.१७ ब्रम्हपुरीमा रहेको ज्वालादल गणले नेपाल–अंग्रेज यूद्धमा लडेका स्थानियको प्रतिमा सहित स्थापना गरेको पार्कको स्वामित्व पालिकालाई सुम्पिएको हो । नेपाल”अंग्रेज बिचई.स.१८४१”१८१६ युद्धमा स्थानियले गरेको योगदनाको उच्च सम्मान गर्दै पार्क निर्माण गरिएको सेनाले जनाएको छ ।
सेनाले आफ्नै श्रोतबाट निर्माण गरेको पार्कको मध्यपूर्वी पृतना हेड क्वाटर बर्दिबासका पृतनापति उपरथी कृष्णबहादुर जि.सी.ले विधिवत् पूजाआजा सहित झण्डोत्तोलनपछी कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहलाई पार्क हस्तान्तरण गर्नुभएको हो ।
पार्क हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी पृतनापती जि.सि.ले सेना र नागरिक विचको सम्बन्धलाई नजिक बनाउन सामाजिक कामहरुमा सेनाले देशभर सहकार्य गर्दै आएको बताउनु भयो । सेनाले राष्ट्र, राष्ट्रियताका सवालमा मोलाहिजा गर्दैन । नागरिक रक्षा, नागरिक र सेना विचको सुमधुर सम्बन्धमा सेना सँधै सकारात्मक छ । नागरिक र सेना एकआपसमा मिलेर मात्रै नेपाली विरताको गाथा बनेको हो, उहाँले भन्नुभयो ।
मध्यपूर्वी पृतनाको निर्देशन, श्री नं. २८ वाहिनी अड्डा जीतपुर बाराको सुपरिवेक्षणमा सेनाको शिघ्र प्रभावी योजना अनुसार श्री ज्वालादल गणले पार्क बनेको हो । सन् १८१४ देखि १८१६ सम्म बारागढीमा भएको एतिहाँसिक नेपाल–अंग्रेज युद्धमा स्थानिय जनताको स्वस्फूर्त सहभागिताको सम्झनाको प्रतिक बनाएर जिम्मा लगाएका छौं । यसको रक्षा शुरक्षा र ब्यवस्थापन तपाईहरुको हुने छ, पृतनापति जि.सि.ले पालिकाका प्रमुख सहित बाराबासीलाई आग्रह गर्नु भयो ।
ज्वालादलका गणका प्रमुख सेनानी गणपति कुमार खड्काले स्थानियको उल्लेखिय सहभागिता सहित सकल दर्जाहरुको अथक प्रयासमा बारागढीमा भएको नेपाल अंग्रेज युद्धको सम्झना सम्मान र स्थानीयको योगदानको कदर स्वरुप पार्क निर्माण भएको बताउनु भयो ।
ज्वालादल गणले भरतचोकमा आयोजना गरेको हस्तान्तरण कार्यक्रममा नेपाली सेनाको मध्यपूर्वी पृतनाका पृतनापति उपरथी जि.सी., कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साह, उपप्रमुख रोशन प्रविण, बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङ्ग, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी लगायतको सहभागिता रहेको थियो ।