प्रतियोगिता अन्तर्गत आइतबार साविक विजेता नेपाल पुलिस क्लब र मछिन्द्र फूटबल क्लबबीच खेल हुनेछ ।
चैत २९ गतेसम्म आयोजना हुने प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, मछिन्द्र फूटबल क्लब, हिमालयन शेर्पा, फ्रेण्ड्स क्लबसहित आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट हुने खेलाडीले एक थान इलेक्ट्रोनिक्स स्कुटर पाउनेछन् । भिएक्सएल एजुकेशनलले स्कुटर प्रायोजन गर्ने भएको छ । यसैगरी विधागततर्फ उत्कृष्ट हुने खेलाडीले जनही २५ हजार र उदयीमान खेलाडीले १५ हजार पाउनेछन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजित प्रतियोगितामा एनसेल, सूर्य नेपाल प्रालि, हुलास स्टील, नेपोभिट टायल्स, कोकाकोला, युआर अटोमेटिक लण्ड्री, सुरक्षा मोबाइल, केएनडी लेबर सप्लायर्स, ग्रेस इन्टरनेशन, केटिएम कन्सल्टिङ ग्रुप, हिमालयन कफी सप, एके सप्तालर्य, होटल तथा पर्यटन व्यवसायी संघ, सगरमाथा इन्स्योरेन्स, स्टार सिटी अस्पताल, सुसप्त मेडिकललगायत विभिन्न व्यावसायिक संघसंस्थाले सहयोग गरेका छन् ।
मोहित खेलको प्लेयर अफ दि म्याच घोषित भए । उनले १० हजार नगद हात पारे । ग्रिन इनर्जी प्रालिका संचालक शैलेश शाह ठकुरी र ओम्नी मोटर्सका दिलिप हमालले मोहितलाई पुरस्कृत गरेका थिए ।